यौनकर्मीलाई अपराधी व्यवहार नगर्न संसदीय समितिमै माग

<p>फाइल फोटो काठमाडौं । यौनकर्मीहरुलाई अपराधी व्यवहार गर्न नहुने माग संसदीय समितिमा उठेको छ । शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा सहभागी भएर यौनकर्मीहरुको छाता संगठन जागृति महिला महासंघकी प्रतिनिधि मञ्जु अधिकारीले सो माग राखेकी हुुन् । अधिकारीले नेपालमा ५२ हजार भन्दा धेरै महिलाहरु यौन पेशामा सहभागी भएको समेत बताइन् । यौनकर्मीहरुको पक्षमा आवश्यक [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । यौनकर्मीहरुलाई अपराधी व्यवहार गर्न नहुने माग संसदीय समितिमा उठेको छ । शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा सहभागी भएर यौनकर्मीहरुको छाता संगठन जागृति महिला महासंघकी प्रतिनिधि मञ्जु अधिकारीले सो माग राखेकी हुुन् ।

अधिकारीले नेपालमा ५२ हजार भन्दा धेरै महिलाहरु यौन पेशामा सहभागी भएको समेत बताइन् । यौनकर्मीहरुको पक्षमा आवश्यक कानूनको आवश्यकता भएको उनको भनाई थियो ।

यौन पेशामा अधिकांश एकल महिलाहरुको सहभागिता रहेको उनले विकासन्यूजलाई बताएकी थिइन् । ‘कपिय परिवार वा श्रीमान सहितका महिलाहरुपनि यौनपेशामा सहभागी छन्, तर उनीहरुको संख्या न्यून छ, अधिकारीले भनिन्, कतिपय महिलाहरुलाई श्रीमानले नै यौनपेशामा आवद्ध गराएका छन ।’

बाध्यताले यौनपेशामा लाग्नुपरेकालाई र इच्छाले यौनपेशामा लागेकालाई राज्यले एउटै व्यवहार गरेको उनको भनाई थियो । स्वतन्त्र तवरले यौनपेशामा लाग्नेलाई कसैले रोक्न नहुने धारणा अधिकारीको छ ।

त्यस्तै एचआइभी तथा एड्स रोग न्यूनिकरण तथा संक्रमितहरुको सुरक्षाका निम्ति पैरवी गर्ने विभिन्न संस्थाहरुले समितिमा उपस्थिति भएर लामो समयदेखि एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) अगाडि बढाउनुपर्ने माग संसदको शिक्षा तथा स्वास्थ्य समितिसमक्ष गरेका छन् । एचआइभी संक्रमित लागेका मानिसहरु र बालबालिकाहरुलाई समाजमा अझै पनि विभेद गर्ने अवस्था रहेको भन्दै यस्तो कुराको अन्त्य हुनुपर्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले समितिसमक्ष माग राखेका थिए ।
त्यस्तै अल्पसंख्यक तेस्रो लिंगीका मानिसहरुपनि समाजमा अपहेलित रुपमा बाँच्नुपरेको अवस्था रहेको कारण उनीहरुको पहिचान र अधिकारका लागि कानूनको आवश्यकता भएको लैंगिक तथा यौनिक अल्पसंख्यकका प्रतिनिधि खेमबहादुर बमले गुनासो गरेका थिए ।

समितिमा सांसदहरुले एचआइभी संक्रमितहरुलाई सरकारले शतप्रतिशत औषधी उपचारको व्यवस्था गर्नुपर्ने, मनोवैज्ञानिक उपचारको लागि सहयोग गर्नुपर्ने, एचआइभी संक्रमितहरुलाई दिर्घरोगी सरहको सुविधा उपलब्ध गराउनुपर्ने र संक्रमितहरुलाई वृद्धभत्ता सरह भत्ता सरह भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका थिए । त्यस्तै समितिमा बोल्ने सांसदहरुले एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) लाई अगाडि बढाउन आफुहरुले आवश्यक सहयोग गर्ने बताएका थिए ।

Share News