सांग्रिला डेभलपमेन्टका सीईओ श्रेष्ठले पाए निरन्तरता

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै सीईओ श्रेष्ठले आगामी भदौ १९ गतेदेखि बैंकमा दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

बैंकले हाल ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News