शौच गराउँदा एक किलो सुन निस्किएपछि…

<p>काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त थियो । यात्रुहरुको आवागन बढ्दै थियो । भरिभराउ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूकाे भीड बाक्लाे थियाे । प्रहरीहरु चेकिङमा व्यस्त थिए । सोही समयमा दुबईको उडानबाट नेपाल आएका भारतीय नागरिक पनि प्रहरीको चेकिङ मेसिनमा परे । उनी भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान थिए । [&hellip;]</p>

फाइल फाेटाे ।

काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त थियो । यात्रुहरुको आवागन बढ्दै थियो । भरिभराउ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूकाे भीड बाक्लाे थियाे । प्रहरीहरु चेकिङमा व्यस्त थिए ।

सोही समयमा दुबईको उडानबाट नेपाल आएका भारतीय नागरिक पनि प्रहरीको चेकिङ मेसिनमा परे । उनी भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान थिए । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन कक्षको एक्सरे मेसिनमा चेकजाँच गर्दा उनको पेट शंकास्पद देखियो ।

प्रहरीले उनलाई छेउमा लिएर थप चेकजाँच गर्यो । प्रहरीलाई उनको पेट अस्भाविक लाग्यो । अझै बढी शंका उत्पन्न भएपछि प्रहरीले काठमाडौं मेडिकल कलेजमा लगेर उनको एक्सरे गरायो ।

एक्सरे गर्दा पेटमा ठोस पदार्थ रहेको भेटिएपछि प्रहरी बृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वारबाट बेलनाकार देखिने अर्धठोस सुनको ४ वटा डल्ला फेला परेको प्रहरीले जनाएको छ ।

एक्सरेमा केही वस्तु देखिएपछि प्रहरीले गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय सुन तस्करी गरेर भित्र्याउनेहरुको संख्या बढेको छ ।

सुन तस्करीको आशंकामा विदेशबाट फर्किएका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ पनि गरिँदै आएको छ । पछिल्लो समय विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी पनि बढ्दै गएको देखिन्छ । तर, अधिकांश घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ ।

केही महिना अगाडि एक जनाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको भेटिएको थियो ।

Share News