नेपाल पावर एक्सचेञ्जको अध्यक्ष बने आचार्य, प्राधिकरणको एकाधिकार तोड्ने प्रतिबद्धता

<p>काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार श्रेष्ठ, उत्तमकुमार लामा मोहन डाँगी र भरत खत्रीलाई चयन गरेकाे छ । यसअघि नेपेक्सको साधारणसभा भएको थियो । उक्त साधारणसभाले सञ्चालक [&hellip;]</p>

काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार श्रेष्ठ, उत्तमकुमार लामा मोहन डाँगी र भरत खत्रीलाई चयन गरेकाे छ ।

यसअघि नेपेक्सको साधारणसभा भएको थियो । उक्त साधारणसभाले सञ्चालक मात्रै छनोट गरेको थियो । ती सञ्चालकहरुबाट अहिले आचार्यलाई अध्यक्ष बनाएको हो ।

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड विद्युत व्यापारमा निजी क्षेत्रको पनि सहभागिता खोज्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो ।

नवनिर्वाचित अध्यक्ष आचार्यले अब विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता हुने हिसाबले काम गर्ने बताए । ‘विद्युत व्यापारमा अहिले नेपाल विद्युत प्राधिकरणको एकाधिकार छ, विद्युत व्यापारका लागि सरकारसँग माग पनि गरिसकेका छौं, अब अनुमति आउने वित्तिकै काम सुरु गर्छौं, प्राधिकरणको एकाधिकार तोड्नु पर्छ भन्ने हाम्रो उद्धेश्य हो,’ उनले विकासन्युजसँग भने ।

Share News