समृद्धि फाइनान्सले माग्यो कर्मचारी, भदौ ६ गतेभित्र आवेदन दिनुपर्ने

<p>काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सूचना जारी गर्दै ब्रान्च मेनेजरको लागि १ जना र रिलेसनसिप म्यानेजरकाे लागि केही मात्रामा कर्मचारी माग गरेको हो । फाइनान्सको अनुसार ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मेनेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले दुई पदमा कर्मचारी मागेको छ । फाइनान्सले सोमबार एक सूचना जारी गर्दै ब्रान्च मेनेजरको लागि १ जना र रिलेसनसिप म्यानेजरकाे लागि केही मात्रामा कर्मचारी माग गरेको हो ।

फाइनान्सको अनुसार ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मेनेजमेन्ट वा ईकोनोमिक्समा ब्याचलर डिग्री गरी सम्बन्धित क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । साथै, साे व्यक्ति नेपाली र अंग्रेजी भाषामा दख्खल भएकाे हुनुपर्छ ।

सूचनाका अनुसार इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ ६ गतेभित्र फाइनान्सको वेवसाइमा आवेदन दिइसक्नुपर्ने छ ।

Share News