सहकारी बैंकले शुरु गर्यो इ-लाइब्रेरी

<p>ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।  बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकले इलाइब्रेरी स्थापना गरेको हाे बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले उद्घाटन गरे । [&hellip;]</p>

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।  बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकले इलाइब्रेरी स्थापना गरेको हाे

बैंकले स्थापना गरेको इलाइब्रेरीको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले उद्घाटन गरे ।

बैंकको इलाइब्रेरीमा बैंकको समग्र अवस्था, स्थानीय तह, प्रदेश र संघीय ऐन तथा नियमावलीहरु, शिक्षामलुक सामग्री, टेक्निकल टुल्स, नमुना नीति कार्यविधिहरु, तालिमका भिडियोहरु, सहकारी सम्बन्धी लेख रचनाहरु लगायतका सामग्री हेर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले सञ्चालन गरेको इलाइब्रेरी  http://elibrary.ncbl.coopमा गएर हेर्न सकिने गुरागाईले जानकारी दिए ।

Share News