
काठमाडौं । नेपाल क्लियरिङ हाउसले विभिन्न पदका लागि कर्मचारी मागेको छ । कम्पनीले मंगलबार एक सुचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारी मागेको हो ।
कम्पनीले हेड सफ्टवेयर डेभलपमेन्ट, जाभा डेभलपर, जुनियर जाभा डेभलपर, जुनियर आइओएस डेभलपर, क्युए ईन्जिनियर, सिनियर एनालिष्ट इनोभ्येसन, एनालिष्ट इनोभेसन, अफिसर इस्ट्राटिजि एन्ड रिर्सरच, सेक्युरिटि एनालिष्ट, एक्सक्युटिभ रिक्स एन्ड कमपिल्यन्स, टेक्निकल सर्पोट, सर्पोट एनालिस्ट, बिजनेस डेभलपमेन्ट एक्सक्युटिभ, एक्सक्युटिभ फाइन्नासका कर्मचारी मागेको छ ।
इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २५ गतेभित्र कम्पनीको वेवसाइटमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।