अनुदान पाएका कलेज नै धारशायी, करोडौ अनुदान पाउनेकै नतिजा कमजोर

<p>काठमाडौं १५, भदौ । सरकारले सामुदायिक कलेजहरुलाई वर्षेनी करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ। विश्वविद्यालय अनुदान आयोगले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ। तर, अनुदान पाएका अधिकांश कलेजहरु धाराशायी बन्दै गइरहेको खबर आजको कारोबारमा छापिएको छ। आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण [&hellip;]</p>

काठमाडौं १५, भदौ । सरकारले सामुदायिक कलेजहरुलाई वर्षेनी करोडौं रकम अनुदान दिइरहे पनि यसको समग्र नतिजा भने निरासाजनक देखिएको छ।

विश्वविद्यालय अनुदान आयोगले देशभरका सार्वजनिक क्याम्पस सञ्चालनका लागि अनुदान दिइरहेको छ। तर, अनुदान पाएका अधिकांश कलेजहरु धाराशायी बन्दै गइरहेको खबर आजको कारोबारमा छापिएको छ।
nepali_mudra
आयोगका अनुसार अनुदान लिए पनि विद्यार्थी अभाव र खराब व्यवस्थापनका कारण अधिकांश सामुदायिक कलेज बन्द हुने अवस्थामा पुगेका छन्।

आयोगले गरेको अध्ययनले देशभर सञ्चालन भइरहेका ९० प्रतिशत सामुदायिक कलेजको अवस्था धारासायी रहेको पाइएको छ ।

सरकारले सामुदायिक कलेजका लागि विगत ३ वर्षमा मात्र १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ अनुदान सहयोग प्रदान गरिसकेको छ।

आयोगले नियमित र भौतिक विकास अनुदान शीर्षकमा लगानी बढाउँदै लगे पनि ९० प्रतिशत सामुदासियक कलेज विद्यार्थी अभाव झेलिरहेका छन्।

Share News