आशा लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी मागेकाे हाे । &#x200d; लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना कर्मचारी मागेको हो । साथै, लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले बिहीबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारी मागेकाे हाे । ‍

लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, वरिष्ठ प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि १ जना कर्मचारी मागेको हो । साथै, लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि केही मात्रामा कर्मचारी मागेको छ ।

लघुवित्तकाे अनुसार नायब प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र वरिष्ठ सहायकका लागि न्यूनतम योग्यता स्नातकोत्तर गरी बैंक तथा वित्तिय संस्थाको काम गरेकाे हुनुपर्नेछ ।

त्यस्तै, सहायकले प्लस टु र कनिष्ठ सहायकले एसईई उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा काम गरेकाे हुनुपर्नेछ । प्रशिक्षार्थी सहायकले भने १० कक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी जानकार भएकाे हुनुपर्नेछ लघुवित्तले जनाएकाे छ ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित साउन २६ गतेभित्र लघुवित्तकाे वेवसाइट आवेदन दिइसक्नुपर्नेछ ।

Share News