अब सार्क भर विजुली किनबेच गर्न सकिने, नेपालको विद्युत बंगलादेश र पाकिस्तानलाई बेच्न बाटो खुल्यो

<p>काठमाडौं, १४ भदौ । नेपालले उत्पादन गरेको विद्युत अब सार्कका सबै मुलुकलाई बेच्न सक्ने भएको छ । र्साकस्तरिय विद्युत व्यापार सम्झौता(सार्क पिटिए)लाई सोमबार व्यवस्थापीका संसदले अनुमोदन गरेसँगै नेपालले सार्कका जुनसुकै मुलुकबाट विद्युत किन्न तथा बेच्न पाउने भएको हो । सार्क पिटिएलाई भारत, भुटान र नेपालले अनुमोदन गरिसकेका छन् । सार्कका सबै सदस्य मुलुकहरुले अनुमोदन गरेपछि [&hellip;]</p>

काठमाडौं, १४ भदौ । नेपालले उत्पादन गरेको विद्युत अब सार्कका सबै मुलुकलाई बेच्न सक्ने भएको छ । र्साकस्तरिय विद्युत व्यापार सम्झौता(सार्क पिटिए)लाई सोमबार व्यवस्थापीका संसदले अनुमोदन गरेसँगै नेपालले सार्कका जुनसुकै मुलुकबाट विद्युत किन्न तथा बेच्न पाउने भएको हो ।

सार्क पिटिएलाई भारत, भुटान र नेपालले अनुमोदन गरिसकेका छन् । सार्कका सबै सदस्य मुलुकहरुले अनुमोदन गरेपछि सार्क पिटिए लागु हुनेछ । त्यसपछि नेपालले उत्पादन गरेको विद्युत बंगलादेश र पाकिस्तान तथा अफगास्तिान लगायतका मुलुकलाई बेच्न सकिनेछ । समाचारः नागरिक दैनिकबाट

Share News