विदेश उड्ने जहाजका चार लाख सिट खाली

<p>काठमाडौं, १४ भदौ ।  अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो । २९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक [&hellip;]</p>

काठमाडौं, १४ भदौ ।  अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो ।

२९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक वर्षमा जम्मा ३२ लाख १७ हजार यात्रुलाई मात्रै उडान गराएका हुन् । नेपालमा उडान भर्ने कम्पनीहरुले सातामा २१ वटासम्म उडा भर्न पाउँछन् ।

नेपालले हालसम्म ३८ देशसँग हवाई सेवा सम्झौता गरेको छ भने १५ वटा मुलुकसँग उडान भरिरहेको छ । समाचारः अन्नपूर्णपोष्टबाट

Share News