एक करोड बढी हिनामिना गरेको आरोपमा हुलाकका कर्मचारीविरुद्ध मुद्दा दायर

<p>काठमाडौं, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक टिकट बिक्रीमा हिनामिना गरेको आरोपमा मणिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । हुलाक सेवा विभागको नेपाल फिलाटेलिक ब्यूरोमा कार्यरत श्रेष्ठलाई सोमबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले दायर गरेको मुद्दामा श्रेष्ठले २०६५ सालदेखि हुलाक कार्यालयमा कार्यरत रहँदा दैनिक टिकट बिक्रीबापतको रकम राजश्वमा दाखिला [&hellip;]</p>

Hatkadiकाठमाडौं, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक टिकट बिक्रीमा हिनामिना गरेको आरोपमा मणिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । हुलाक सेवा विभागको नेपाल फिलाटेलिक ब्यूरोमा कार्यरत श्रेष्ठलाई सोमबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले दायर गरेको मुद्दामा श्रेष्ठले २०६५ सालदेखि हुलाक कार्यालयमा कार्यरत रहँदा दैनिक टिकट बिक्रीबापतको रकम राजश्वमा दाखिला नगरी मौज्जाद देखाएर रकम हिनामिना गरेको बताएको छ । साथै, आयोगले श्रेष्ठसँग १ करोड १६ लाख ६९ हजार २८८ रुपैयाँ बिगो दावी गरेको छ ।

Share News