काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी माग गरेको छ । साउन ६ गते दरखास्त आह्वानको सूचना जारी गर्दै बोर्डले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि अन्तर कार्यालयहरुमा रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा आन्तरिक परीक्षाद्वारा पदपुर्तिका गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले सो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तीस दिन भित्र नियमित शुल्कमा र थप सात दिनभित्र दोब्बर शुल्कमा आवेदन दिन सकिने कुरा उक्त सूचनामा उल्लेख गरिएको छ ।