आइआइएमएस करियर मेला हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने

<p>काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ । मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ । कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा साउन ६ गतेदेखि आइआइएमएस करियर मेला हुने भएको छ ।आइआइएमएस कलेजले आयोजना गर्न लागेको यो मेला भगवती बहाल स्थित लिसारा ब्यांक्वेटमा आयोजना हुनेछ ।

मेलामा युवा जनशक्तिले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीमा रोजगार हुने अवसर प्राप्त गर्ने कलेजले बताएकाे छ ।

कलेजकाे अनुसार मेलामा ५० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सुचना, प्रविधि र उत्पादनमुलक क्षेत्र र बैंक तथा वित्तिय संस्था सम्बद्ध कम्पनीहरुको सहभागिता रहनेछन् । जसमध्ये कोकाकोला, गोल्छा ग्रुप, दराज, ईसेवा लगायतका कम्पनीहरु मेलाको प्रमुख साझेदार कम्पनीकाे रुपमा रहेका छन् ।

५० मध्ये २० कम्पनीले मेलाकै समयमा जनशक्तिलाई नियुक्त गर्ने र बाँकी कम्पनीहरुले सहभागीको सिभी संकलन गरि छिट्टै नियुक्त गर्ने कलेजले बताएकाे छ ।

कलेजकाे अनुसार मेलामार्फत विद्यार्थीहरुले करियर काउन्सेलिङ पनि दिइनेछ । मेला बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने कलेजले जानकारी दिएकाे छ ।

Share News