इच्छाराजकी श्रीमति सिर्जना पनि पक्राउ, सहकारीका बचतकर्ताको ५ अर्ब ८४ करोड ठगेको आरोप

<p>काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो । सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ [&hellip;]</p>

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इचछाराज तामाङकी श्रीमति सिर्जना शाक्य तामाङ पनि पक्राउ परेकी छन् । सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (आईबी) उनलाई मंगलबार पक्राउ गरेको हो ।

सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा आकर्षक ब्याजदर एवं बिभिन्न प्रलोभन समेतमा पारी ठुलो संख्यामा वचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१हजार रुपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

बिगत ३ वर्ष देखी आफुले वचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाई १५३० जना पीडितहरुले यस कार्यालयमा ठगी एवं संगठित अपराध कसूरमा जाहेरी दरखास्त दिई सोही जाहेरी दरखास्तको आधारमा अनुसन्धान सम्पन्न भई गत मंसिर १७ गतेमा उक्त संस्थाका पूर्व अध्यक्ष ईच्छा राज तामाङ् सहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा प्रतिवादी ईच्छा राज तामाङ् र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि कारागारमा थुनामा छन् ।

सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २७ गते पक्राउ पूर्जि जारी भई शुरु देखी नै फरार रहेकी प्रतिबादी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी ईच्छा राज तामाङ्को पत्नी सिर्जना शाक्य ९तामाङ०लाई आज रामशाहपथबाट पक्राउ गरिएको बताइएको छ ।
उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको बताइएको छ ।

Share News