काठमाडौं । काठमाडौंमा हनी ट्रयापमा पारेर व्यवसायीलाई धम्क्याउने नक्कली प्रहरी निरीक्षकको जोडीसहित तीन जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले एक व्यवसायीलाई धम्की दिएर पैसा मागेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीकी ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् कृष्णहरि खड्का र नक्कली प्रहरी निरीक्षक सञ्जय कार्की छन् ।
नक्कली प्रहरी निरिक्षक गरेर उनीहरुले बार्गेनिङ गरेको आरोपमा पक्राउ गरिएको हो ।