लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरू, ११० बिघा जग्गा छुट्याइने

<p>राँझा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११०बिघा जमिन बिहीबार प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको थियो उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त [&hellip;]</p>

राँझा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११०बिघा जमिन बिहीबार प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीसहितको टोलीले अवलोकन गरेको थियो

उपाध्यक्ष क्षेत्रीले विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको प्रतिक्रिया दिनुभएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिए । उनका अनुसार उक्त टोलीले विश्वविद्यालयका लागि आवश्यक पर्ने ब्लक निर्माण गर्ने सम्भाव्यस्थल समेत अवलोकन गरेको थियो ।

तत्कालै विश्वविद्यालयको दैनिक कार्य सञ्चालनका लागि जनक शिक्षा केन्द्रको छापाखाना राख्नका लागि निर्माण भएको भवनमा विश्व विद्यालयको प्रशासनिक कार्यालय स्थापना गर्ने प्रस्तावसमेत टोलीले गरेको छ । सो भवनमा तत्कालका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार बनाइदिने र जनक शिक्षासँग अस्थायी कार्यालय राख्न सहमतिका लागि पत्राचार गर्ने निर्णय भएको अध्यक्ष विकले बताए ।

विश्वविद्यालयका लागि प्रदेश सरकारले १०० बिघा जग्गा आवश्यक पर्ने बताए पनि उक्त गाउँपालिकाले ११० बिघा जग्गा छुट्याएर हक हस्तान्तरण गर्न सिफारिस गरिसकेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा प्रदेश विश्वविद्यालयको काम थाल्ने घोषणा गरेको थियो भने यसअघिको सरकारले पनि नीति तथा कार्यक्रममा पार्नाका साथै विश्व विद्यालयका लागि बजेट विनियोजन गरे पनि कार्यविधि नबनेका कारण फ्रिज भएको थियो । रासस

Share News