राम्रो देश पठाइदिन्छु भन्दै ठग्ने चितवनका श्रीकृष्ण पक्राउ, ६ वर्ष जेल सजायसहित ६ लाख जरिवाना

<p>काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् । तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी चितवन बस्ने ४६ वर्षीया श्रीकृष्ण घिसिङ तामाङ पक्राउ परेका छन् ।

तामाङलाई सर्वोच्च अदालतले २०७७ साल चैत १७ गते वैदेशिक रोजगार ठगी मुद्दामा ६ वर्ष जेल र ६ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको कलंकीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । ब्युरोका अनुसार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उनलाइ पेस गरिएको छ ।

वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका उनले राम्रो पारिश्रमिक हुने भनी इजरायल जापान लगायतका वैदेशिक मुलुकमा पठाइदिने प्रलोभनमा पारेर पीडितहरुसँग ठगी गरेको कसुरमा उक्त सजाय भएको व्युरोले जनाएको छ ।

Share News