संविधान तथा ऐन विपरित राष्ट्रिय परीक्षा बोर्डले करोडौं रकम उठाउने काम गर्यो

<p>काठमाडौं । नेपालको संविधान तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ विपरित राष्ट्रिय परीक्षा बोर्डले करोडौं रुपैयाँ शुल्क उठाउने काम गरेको छ । माध्यमिक तहको शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले संविधान र ऐन विपरित रजिष्ट्रेसन, परीक्षा र प्रमाणपत्र लगायतका शिर्षकमा शुल्क उठाएको महालेखापरीक्षकको ५९औं प्रतिवेदनले औंल्याएको छ । नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई [&hellip;]</p>

काठमाडौं । नेपालको संविधान तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ विपरित राष्ट्रिय परीक्षा बोर्डले करोडौं रुपैयाँ शुल्क उठाउने काम गरेको छ । माध्यमिक तहको शैक्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डले संविधान र ऐन विपरित रजिष्ट्रेसन, परीक्षा र प्रमाणपत्र लगायतका शिर्षकमा शुल्क उठाएको महालेखापरीक्षकको ५९औं प्रतिवेदनले औंल्याएको छ ।

नेपालको संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था रहेको छ । त्यस्तै निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा माध्यमिक तहको शिक्षालाई निःशुल्क गर्ने भनिएको छ । तर, राष्ट्रिय परिक्षा बोर्डले आर्थिक वर्ष ०७७/०७८ मा विद्यार्थीबाट गैरकानुनी ढंगले विभिन्न शिर्षकमा ३ करोड ९६ लाख रुपैयाँ शुल्क संकलन गरेको महालेखापरीक्षकको ५९औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाले राष्ट्रिय परीक्षा बोर्डले ऐन विपरित शुल्क असुल गर्ने कार्यलाई बन्द गरी माध्यमिक तहमा निःशुल्क शिक्षाको व्यवस्था गर्न प्रतिवेदनमार्फत भनेको छ ।

Share News