यमनलाई लिएर संयुक्त राष्ट्रसंघ चिन्तित

<p>संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् । उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । [&hellip;]</p>

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् ।

उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

यहाँ खाद्यान्नका साथै औषधि समेतको अभाव हुनसक्ने अवस्था रहेको र यो अवस्था प्रतिदिन बढ्दै गएको भन्दै यसका लागि सहयोगको तयारी गर्न विश्व समुदायलाई आग्रह गरिएको छ ।

यमनमा लामो समयदेखि आन्तरिक द्वन्द्व बढ्दो छ । जसका कारण यहाँ कम्तीमा पनि ९० प्रतिशत खाद्यान्न आयात गर्ने गरिएको छ ।

यहाँ पछिल्लो सयममा इन्धन, खाद्यान्नका साथै औषधिको समेत खाँचो हुदै गएको र यसले आगामी केही वर्षमा नै झन् अभावको अवस्था निम्त्याउने भएकाले त्यसका लागि तयार रहन संयुक्त राष्ट्रसंघले आग्रह गरेको हो ।

Share News