चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा

<p>काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेको हो । जियानचाओ नेतृत्वमा ८ सदस्यीय टोली नेपालमा आएको छ । सो टोली ४ दिन सम्म नेपालमा रहने जनाइएको छ । जियानचाओ गत जुनमा मात्रै विदेश विभाग प्रमुख बनेका थियो । नेपाल [&hellip;]</p>

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आइपुगेका छन् । जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल आइपुगेको हो । जियानचाओ नेतृत्वमा ८ सदस्यीय टोली नेपालमा आएको छ । सो टोली ४ दिन सम्म नेपालमा रहने जनाइएको छ ।

जियानचाओ गत जुनमा मात्रै विदेश विभाग प्रमुख बनेका थियो । नेपाल भ्रमणको क्रममा जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्ने जनाइएको छ । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

Share News