बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

<p>काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । विवादमा फसेका उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका थिए । यसअघि बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक [&hellip;]</p>

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन् । विवादमा फसेका उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका थिए ।

यसअघि बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरू सहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन् ।

 

Share News