काठमाडौं, १० भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई १० दशमलब ०५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै कम्पनीले शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।