काठमाडौं, १० भदौ । एनआइसी एसिया बैंकले सेयरधनीलाई जम्माजम्मी २७ दशमलब ३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २६ प्रतिशत बोनस सेयर र १ दशमलब ३७ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निणर्य गरेको छ ।
साथै, बैंकले बोनस सेयर वितरण पछि १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त निर्णय भदौ १० गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको सो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । साथै, सेयर बिक्री वितरण गर्न पाउने कम्पनीले जनाएको छ ।