काठमाडौं, १० भदौ। नेपाली काँग्रेसका १३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहसँग भागबण्डा मिलेसँगै शुक्रबार मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त मन्त्रीहरुलाई शितल निवासमा सपथ ग्रहण गराएकी हुन् । काँग्रेसका तर्फबाट सपथ ग्रहण गर्ने १३ नयाँ मन्त्रीहरुमा प्रकाशशरण महत (परराष्ट्र), अर्जुननरसिंह केसी (शहरी विकास), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन), नवीन्द्रराज जोशी (उद्योग), केशव बूढाथोकी (सामान्य प्रशासन), दीपक गिरी (सिँचाइँ) र सीतादेवी यादव (शान्ति), रोमी गौचन थकाली(वाणिज्य), हृदयराम थानी(सहकारी), जीवनबहादुर शाही(पर्यटन तथा संस्कृति) र गगन थापा(स्वास्थ्य) मन्त्री रहेका छन् ।