प्रधानमन्त्रीको दैनिक एक निर्देशन, पूर्ण कार्यान्वयनमा चुनौति

<p>काठमाडौं १०, भदौ । गत साउन १९ गते प्रधानमन्त्री चयन पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । तीन दिन भेटघाट र बधाई लिन व्यस्थ प्रचण्डले चौथो दिनदेखि भने दैनिक एउटा निर्देशन दिन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राख्ने गरेका छन् । प्रधानमन्त्रीले [&hellip;]</p>

काठमाडौं १०, भदौ । गत साउन १९ गते प्रधानमन्त्री चयन पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । तीन दिन भेटघाट र बधाई लिन व्यस्थ प्रचण्डले चौथो दिनदेखि भने दैनिक एउटा निर्देशन दिन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राख्ने गरेका छन् । pm_prachanda

प्रधानमन्त्रीले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।
प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।
प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ ।

माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् ।
छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ । प्रधानमन्त्रीको कामको रफ्तार र उनले दिएको निर्देशनको पूर्ण पालना भने चुनौतिपूर्ण रहेको छ । समाचार स्रोत : राजधानी दैनिक ।

Share News