काठमाडौं । चीनसँग नेपालको राम्रो सम्बन्ध बनाई व्यावसायीक क्षेत्रमा नेपाली वस्तु चीन निर्यात तथा आयातमा सहजीकरण गर्ने चीनका लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठले बताएका छन् । बुधाबार नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
उनले चीनबाट आएको समानलाई सहजता र भन्सार नाकामा पनि सामानहरूको आवागमन छिटो छरितो र सहज तरीकाले भित्रयाउने व्यवस्था मिलाइने बताए ।
‘चीनसँगको सम्बन्ध राम्रो भए पनि व्यावसायिक क्षेत्रकामा समस्या देखिएको छ, व्यवसायी क्षेत्रको समस्या र भिषा खुल्ला गर्न चीन सरकारसँग पहल गर्ने छु,’ उनले भने ।
श्रेष्ठ केही दिन अघिमात्र चीनका लागि नेपाली राजदुतमा नियुक्ति भएका थिए । ‘म राजदुत भएर जाने भनेको नेपालीकै लागि हो, व्यावसायिक हक हितको लागि जाने हो, समस्या समाधानसँगै आउने भएकाले समस्याको समाधानको उपयाहरु तपाईहरुसँग पनि हुन सक्छ, त्यसैले समाधानको उपाय सहित दजदुतमा खबर गर्नु होला,’ उनले भने ।
भेटमा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्या भएको भन्दै उक्त समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाली वस्तु चीन निर्यातमा सहजीकरण गर्न माग गरेको छ । राजदुत श्रेष्ठलाई ७ बुँदे माग बुझाउँदै व्यवसायीहरूले भूकम्पपछि नेपाली वस्तु चीन निर्यातमा समस्या भएको बताउँदै त्यसमा सहजीकरण गर्न माग गरेका हुन् ।
चीनबाट खरिद भएका सामानहरू समयमा आउँन नसक्दा लाखौं रुपैयाँ घाटा भएको व्यपारीहरुको गुनासो छ ।
यस्तै, नेपाली सामान केरुङ र खासामा निर्यात गर्दा सहज वातावरण निर्माण गर्नुपर्ने, चीनका विभिन्न सहरमा अध्ययनरत विद्यार्थीलाई चीनमा अध्ययन गर्न सहज वातावरण बनाउनुपर्ने, चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरण गर्नसमेत माग गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले चीनसँग जोडिएका नेपाली नाका अवरुद्ध हुँदा नेपाली उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताएका छन् । चीनमा गएर सामान छानेर नेपाल ल्याउने वातावरण निर्माणमा लाग्न राजदूतसमक्ष माग गरेका छन् ।