१३८२ मेगाका दुई आयोजना बनाउन चिनियाँ प्रस्ताव, तामाकोसी तेस्रो र तमोरमा रुची

<p>काठमाडौं ९, भदौ । चीनको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ । सीएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७३२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको छ । कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फइनान्सिङ ९ईपीसिएफ० [&hellip;]</p>

काठमाडौं ९, भदौ । चीनको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसनले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ ।

सीएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७३२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत आयोजना बनाउन प्रस्ताव गरेको छ ।hydro

कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फइनान्सिङ ९ईपीसिएफ० मोडलअन्तर्गत बनाउने प्रस्ताव राखेको कम्पनीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिएका छन्।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजना ईपिएस मोडलअन्तर्गत अघि बढाउने घोषणा गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नै कम्पनीले दुई आयोजना बनाउने प्रस्ताव राखेको थियो ।

Share News