प्रधानमन्त्रीलाई हस्तकला महासंघको बधाई, निर्यात प्रवद्र्धनमा सघाउन आग्रह

<p>काठमाडौं, ८ भदौ । नेपाल हस्तकला महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । बुधबार महासंघ अध्यक्ष धर्मराज शाक्य नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललार्ई बधाई दिएको हो । भेटमा महासंघका अध्यक्ष शाक्यले हस्तकला क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्न सकेको खण्डमा नेपाली अर्थतन्त्रले भोग्दै आएको व्यापार घाटा कम गर्न सकिने बताएका थिए । [&hellip;]</p>

काठमाडौं, ८ भदौ । नेपाल हस्तकला महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । बुधबार महासंघ अध्यक्ष धर्मराज शाक्य नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललार्ई बधाई दिएको हो । भेटमा महासंघका अध्यक्ष शाक्यले हस्तकला क्षेत्रको विकास विस्तार र प्रबद्र्धन गर्न सकेको खण्डमा नेपाली अर्थतन्त्रले भोग्दै आएको व्यापार घाटा कम गर्न सकिने बताएका थिए ।

fhan

उनले हस्तकलाको निर्यात प्रवद्र्धनमा सघाउन प्रधानमन्त्री दाहालसँग आग्रह समेत गरेका थिए । नेपाली हस्तकला क्षेत्रको आन्तरिक बजारका साथै अन्तराष्ट्रिय बजारमा भएको निकासी समेत गरी २० अर्ब बराबरको कारोबार रहेको उल्लेख गर्दै उनले व्यापार घाटा कम गर्न पनि हस्तकला उद्योगको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका थिए ।
साथै नेपाली हस्तकला क्षेत्रले ११ लाख भन्दा बढि ब्यक्तिलाई प्रत्यक्ष र परोक्ष रुपमा रोजगारीको अवसर प्रदान गर्दै आएको महासंघले बताएको छ ।

प्रधानमन्त्रीलाई भेट्न महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायत महानिर्देशक लगायतको टोली बालुवाटार पुगेको थियो । प्रधानमन्त्री दाहालले पनि हस्तकला उद्योगको प्रवद्र्धन तथा निर्यातमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Share News