साढे १९ खर्बको वैदेशिक व्यापार हुँदा व्यापार घाटा साढे १५ खर्ब

<p>काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले साढे १५ खर्ब रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांक अनुसार व्यापार घाटा २५ प्रतिशतले बढेको हो । एघार महिनाको अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगको छ । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले साढे १५ खर्ब रुपैयाँ बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांक अनुसार व्यापार घाटा २५ प्रतिशतले बढेको हो । एघार महिनाको अवधिमा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगको छ । गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।

विभागको तथ्यांक अनुसार एघार महिनाको अवधिमा नेपालको १९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । कुल वैदेशिक व्यापार पनि २९.५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो ११ महिनामै नेपालमा भारत तथा तेस्रो मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा बृद्धि भएको छ ।

यसैगरी नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा बृद्धि भएको हो ।

Share News