द ब्रिटिस कलेजले व्यवसायीलाई लक्षित गर्दै ल्यायो ‘विकेन्ड इएमबिए प्रोग्राम’, सेप्टेम्बरदेखि सञ्चालन हुने

<p>काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)मा सेप्टेम्बरदेखि विकेन्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै डिग्री हासिल गर्न चाहने व्यवसायीहरुका लागि यो नयाँ पाठ्यक्रम बनाइएको कलेजले बताएको छ । [&hellip;]</p>

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)मा सेप्टेम्बरदेखि विकेन्ड इएमबिए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था हो ।

आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै डिग्री हासिल गर्न चाहने व्यवसायीहरुका लागि यो नयाँ पाठ्यक्रम बनाइएको कलेजले बताएको छ ।

कलेजको अनुसार यो प्रोग्राममा विद्यार्थीका लागि शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो र प्रत्येक दोस्रो आइतबार कक्षाहरु सञ्चालन हुनेछन् । विद्यार्थीहरुले काम गर्दै सहज र सरल रुपमा अध्ययन गर्ने वातावरण उपलब्ध गराउन लागेको कलेजले बताएको छ ।

इएमबिए अध्ययन गर्न आवेदन दिन चाहने विद्यार्थीले करिब दुई वर्षको व्यवस्थापकिय अनुभव हुनुपर्नेछ । कलेजको अनुसार यो विषय वरिष्ठ व्यवस्थापन र नेतृत्वदायी भुमिकामा खेल्ने व्यवसायीहरुलाई लक्षित गरी बनाइएको हो ।

कलेजले विकेण्ड इएमबिए प्रोग्रामका लागि भर्ना सुरु भइसकेको कलेजले जानकारी दिएको छ । साथै, पहिलो इन्टेकमा अध्ययन गर्ने विद्यार्थीहरुले दुवई वा सिंगापुरमा अन्तराष्ट्रिय एक्सपोजर पाउनेछन् ।

कलेजले ल्याएको नयाँ पाठ्यक्रमले नयाँ पुस्ताका लागि बाटो खुलाउने विजनेश स्कुलकी प्रमुख सुनिता बस्नेत बताउँछिन् । यस विषयले व्यवस्थापकिय नेतृत्वमा र परिवर्तनको भुमिका खेल्न व्यवसायिकहरुको आवश्यकता पुरा गर्ने उनको भनाइ छ ।

Share News