काठमाडौं । मिदास इ-क्लासमा एमबिबिएस प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु भएको छ । एमबिबिएसको प्रवेश परीक्षा तयारी गर्न चाहfने विद्यार्थीले अब आफ्नै गाउँघरमा इन्टरनेटको प्रयोग गरी अनलाइन पढ्न पाउने भएका हुन् ।
दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसनले विद्यार्थीलाई आफनै घरमा बसेर न्यून शुल्कमा एमबिबिएस प्रवेश परिक्षाको तयारी गर्न पाउने व्यवस्था गरेको हाे ।
मिदास इक्लासमा एमबिबिएसको साथै बिडिएस, बिएस्सी नर्सिङ्ग, बिपर्फयुसन टेक्नोलोजी, बिएएमएस, बि फार्रमेशी जस्ता विषयको पनि अनलाइन कक्षा हुने कम्पनीले जनाएकाे छ ।