काठमाडौं, ७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सवै सुचिकृत कम्पनीहरुलाई सुचिकरण वापतको नविकरण शुल्क बुझाउन जानकारी गराएको छ ।
नेप्सेमा सुचिकृत भएर कारोवार गरे वापत सवै सुचिकृत कम्पनीहरुले चालु आर्थिक बर्ष सुरु भएको असोज मसान्तभित्रमा नविकरण शुल्क बुझाइ सक्नुपर्ने ब्यवस्था बमोजिम त्यस्तो शुल्क बझाउन नेप्सेले सवै सुचिकृत कम्पनीहरुलाई पत्राचार समेत गरेको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
धितोपत्र कारोवार सुचिकरण नियमावाली २०५० को दफा ९ मा सुचिकरण नविकरण शुल्क बार्षिक रुपमा नेप्सेलाई बुझाउनु पर्ने ब्यवस्था छ । सो ब्यवस्था अनुसार तोकिएकै समयमा शुल्क बुझाएर नविकरण गर्न गराउन नेप्सेले कम्पनीहरुलाई पत्राचार गरेको हो ।
यस्तो शुल्क ग्लोबल आइएमइ बैंकमा रहेको नेप्सेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरेर सक्कल प्रति भौचर नेप्सेमा बुझाउन पत्रमा उल्लेख गरिएको छ ।
नेप्सेमा बार्षिक सुचिकरण नविकरण शुल्क वापत १ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले १५ हजार, १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक २५ हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक ३५ हजार र १० करोड रुपैयाँ चुक्ता पूजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्छ ।