कलेजले विदेशी विश्वविद्यालयलाई पठाएको पैसाको विवरण मन्त्रालयलाई बुझाउनुपर्ने

<p>काठमाडौं । विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुले अब ती संस्थालाई पैसा पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शर्त राखेको छ । अब नेपाली कलेजहरुले आफुले सम्बन्धन लिएको विश्वविद्यालय वा शिक्षण संस्थालाई रकम पठाउनु परेमा सो विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाले यस अघि पठाएको रकम आफुले प्राप्त [&hellip;]</p>

काठमाडौं । विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरुले अब ती संस्थालाई पैसा पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शर्त राखेको छ ।

अब नेपाली कलेजहरुले आफुले सम्बन्धन लिएको विश्वविद्यालय वा शिक्षण संस्थालाई रकम पठाउनु परेमा सो विदेशी विश्वविद्यालय वा शिक्षण संस्थाले यस अघि पठाएको रकम आफुले प्राप्त गरेको व्यहोराको पत्र मन्त्रालयलाई पठाउनुपर्ने छ ।

मन्त्रालयले आज बिहिबार विदेशी सम्बन्धन लिएका सबै कलेजहरुलाई माथि उल्लेखित विवरण उल्लेख गर्दै परिपत्र जारी गरेको हो । कलेजहरुले मुद्रा सटहीको लागि मन्त्रालयमा सिफारिस माग गर्दा निवेदनको अलावा विश्वविद्यालयको इन्भ्वाइसका आधारमा सेमेस्टरगत अभिलेख राखिनुपर्ने जनाएको छ ।

‘साथै यस अघि पछिल्लो पटक यस मन्त्रालयबाट सिफारिस गरिएको विदेशी मुद्रा सम्बन्धित विश्वविद्यालय/शिक्षण संस्थाले शीर्षकगत रुपमा प्राप्त गरेको रकम विवरण उल्लेख गरेको सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय/शिक्षण संस्थाले यस मन्त्रालयलाई सम्बोधन गरी अनिवार्य रुपमा एस्युरेन्स पत्र पठाउनुपर्ने र यसपछि सिफारिस गरिने विदेशी मुद्राका सम्बन्धमा समेत सोही पत्रबाट लेखि आए पश्चात मात्र सिफारिस गरिने व्यहोरा मिति २०७९/०२/२६ को निर्णय (सचिवस्तर) अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

Share News