गुणस्तरहिन विदेशी विश्वविद्यालयहरुको सञ्जाल नेपालमा

<p>काठमाडौं । यतिबेला विश्वमा सरकारी तथा गैरसरकारी स्वामित्वमा ३० हजारभन्दा धेरै विश्वविद्यालयहरु सञ्चालनमा रहेका छन् । यसरी सञ्चालनमा रहेका सबै विश्वविद्यालयहरुलाई गुणस्तरीय विश्वविद्यालयको रुपमा मानिदैन । विश्वमा विश्वविद्यालयहरुको गुणस्तर श्रेणी मापदण्ड कायम गर्नको लागि विभिन्न निकायहरु रहेका छन्, जसमध्ये ४ वटा संस्थाहरुको छनौटलाई विभिन्न मुलुकहरुले आ–आफ्नो ढंगले मान्यता दिने गरेको पाइन्छ । विदेशी विश्वविद्यालयको गुणस्तरको [&hellip;]</p>

काठमाडौं । यतिबेला विश्वमा सरकारी तथा गैरसरकारी स्वामित्वमा ३० हजारभन्दा धेरै विश्वविद्यालयहरु सञ्चालनमा रहेका छन् । यसरी सञ्चालनमा रहेका सबै विश्वविद्यालयहरुलाई गुणस्तरीय विश्वविद्यालयको रुपमा मानिदैन ।

विश्वमा विश्वविद्यालयहरुको गुणस्तर श्रेणी मापदण्ड कायम गर्नको लागि विभिन्न निकायहरु रहेका छन्, जसमध्ये ४ वटा संस्थाहरुको छनौटलाई विभिन्न मुलुकहरुले आ–आफ्नो ढंगले मान्यता दिने गरेको पाइन्छ ।

विदेशी विश्वविद्यालयको गुणस्तरको सम्बन्धमा नेपालले दुईवटा अन्तर्राष्ट्रिय निकायको मापदण्डलाई मान्यता दिएको पाइन्छ । जसमा टाइम्स हाइयर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्याङकिङ र सांघाई युनिभर्सिटी र्याङकिङ रहेका छन् । विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ मा ती दुई संस्थालाई किटानका साथ व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयकाअनुसार नेपालमा यतिबेला निजी स्तरबाट सञ्चालित ८६ वटा कलेजहरुले विदेशी विश्वविद्यालयहरुसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । जसमध्ये नेपाली कलेजहरुलाई सम्बन्धन दिएका झण्डै ९५ प्रतिशत विदेशी विश्वविद्यालयहरु टाइम्स हाइयर एजुकेसन वल्र्ड युनिभर्सिटी र्याङकिङ र सांघाई युनिभर्सिटी र्याङकिङमा पर्दैनन् ।

विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ को दफा ३ को उपदफा ५ खण्ड ९ड० मा गुणस्तरीय विश्वविद्यालयहरुसँग सम्बन्धनको लागि अन्तर्राष्ट्रिय विश्वासिलो र्याङकिङको व्यवस्था गरिएको कुरालाई विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिने नेपाली कलेजले अस्विकार गर्दै सोही निर्देशिकाको दफा ५ लाई प्रयोग गरेको देखिन्छ । सो दफामा निर्देशिकाले गुणस्तरीयताको लागि तोकेको र्याङकिङमा नपरेकालाई पनि विभिन्न घुमाउरो बाटोबाट स्वीकार गर्न सकिने उल्लेख गरिएको छ ।

सांघाई र टाइम्स हाइयर एजुकेसनको र्याङकिङमा नपरेका तर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरेका विदेशी विश्वविद्यालयहरु :

1. International Baccalaureate Organization – Switzerland
2. Lincoln University – Malaysia
3. Europa Hochschule EurAka CH – Switzerland
4. Delta International University – America
5. Asia E University – Malaysia
6. Asia Pacific University – Malaysia
7. Nilai University – Malaysia
8. University of Cambridge Local Education Syndicate – UK
9. International Management Institute – Switzerland
10. Infrastructure University – Malaysia
11. University of Cambridge Press and Assessment – UK
12. Asia Pacific University of Technology and Innovation – Malaysia
13. Help University – Malaysia
14. Limkokwing University of Creative Technology – Malaysia
15. Queen Margaret University – UK
16. Salzburg University Of Applied Science And Technology – Austria
17. Indira Gandhi National Open University – India
18. London Metropolitan University – UK
19. Hotelleriesuisse, Swiss Hotel Association Affiliate School – Switzerland
20. Shinawatra University – Thailand
21. Culianary Solutions Australia International College – Australia
22. UCSI University – Malaysia
23. Tiblisi Teaching University – Georgia
24. Sripatum University  – Thailand
25. Edexcel UK, NCC Education UK – UK
26. HELP University – Malaysia
27. Sikkim Manipal University – India
28. The University of Northampton – UK
29. Asian Institute Of Technology (AIT) – Thailand

माथि उल्लेखित विश्वविद्यालयहरुको नाम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ चैतमा उपलब्ध गराएको सामग्रीका आधारमा तयार गरिएको हो ।

Share News