सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ अनुभव

<p>काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले अब बुधबारदेखि डीसीईओको कार्यभार सम्हाल्ने छन् । नेपाल बंगलादेश [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो ।

हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले अब बुधबारदेखि डीसीईओको कार्यभार सम्हाल्ने छन् ।

नेपाल बंगलादेश बैंकबाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

त्यस्तै, उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको कदर गर्दै उनलाई डीसीईओको कार्यभार सुम्पिएको बताएका छन् ।

Share News