एक अर्बभन्दा बढी पुँजी हुने कम्पनीले आईपीओ निकाल्नै पर्ने

<p>काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने भएको छ । अहिलेसम्म निजी क्षेत्रबाट संचालित कम्पनीहरुलाई पब्लिकमा गएर साधारण सेयर जारी गर्न सरकारले कुनै पनि प्रकारको वाध्यकारी व्यवस्था गरेको नभएपनि आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो [&hellip;]</p>

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने भएको छ । अहिलेसम्म निजी क्षेत्रबाट संचालित कम्पनीहरुलाई पब्लिकमा गएर साधारण सेयर जारी गर्न सरकारले कुनै पनि प्रकारको वाध्यकारी व्यवस्था गरेको नभएपनि आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । नयाँ व्यवस्था अनुसार १ अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका, सरकारी अनुदान पाएका तथा सार्वजनिक प्राकृर्तिक स्रोत साधनको उपयोग गर्ने कम्पनीहरुले अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने छ ।

यस्तै, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

Share News