काठमाडौं । आगामी आर्थिक वर्षमा पढ्दै कमाउँदै कार्यक्रमलाई १०० वटा थप विद्यालयमा सञ्चालन गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
अहिले सो कार्यक्रम १०० वटा विद्यालयमा सञ्चालन भइरहेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।