रसुवागढी हुँदै चीन प्रवेश गर्न दुई सय व्यवसायी इच्छुक

<p>काठमाडौ, ५ भदौ । रसुवागढीहुँदै चीन प्रवेश गर्न दुई सय व्यवसायीले मल्टी इन्ट्री भिसाको आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय जनले यस्तो भिसाबाट चीन जान इच्छा देखाएका हुन । यो भिसा पाएपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकलगायत केरुङसम्म आवतजावत गर्न पाउनेछन् [&hellip;]</p>

काठमाडौ, ५ भदौ । रसुवागढीहुँदै चीन प्रवेश गर्न दुई सय व्यवसायीले मल्टी इन्ट्री भिसाको आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार ट्रक, कन्टेनर, उद्योगी व्यवसायी गरी दुई सय जनले यस्तो भिसाबाट चीन जान इच्छा देखाएrasuwagadi-vansar-getका हुन ।
यो भिसा पाएपछि रसुवागढी नाकाबाट व्यापारिक प्रयोजनाका लागि उद्योगी, व्यवसायी, कन्टेनर चालकलगायत केरुङसम्म आवतजावत गर्न पाउनेछन् । रसुवागढी नाकाबाट चिनियाँ पक्षले व्यवहारिकता हेरेर मात्र केरुङसम्म प्रवेश दिँदै आएको छ ।
चीनले मल्टी इन्ट्री भिसा प्रदान गरेपछि व्यापारिक कारोबार गर्न सुविधा पुग्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
रसुवा प्रशासनले रसुवामा दर्ता भएका आठवटा ट्रक कन्टेनर व्यवसायी संघसंस्था, रसुवा उद्योग वाणिज्य संघ, नेपाल–चीन उद्योग व्यापार संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतका संघसंस्थामार्फत मल्टी इन्ट्री भिसाको सिफारिसका लागि आवेदन दर्ता गरेको रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष कैसाङनुर्वु तामाङले बताए ।
हाल सिन्धुपाल्चोकतर्फको तातोपानी नाका बन्द रहेको अवस्थामा एकमात्र रसुवागढी नाका सञ्चालनमा छ । नाकाबाट सहज व्यवस्थापनका लागि चिनियाँ पक्षसँग छलफल जारी रहेको रसुवा प्रशासनले जनाएको छ । चीनले दिने मल्टी इन्ट्री भिसाको अवधि ६ महिनाको हुने उल्लेख छ । समाचार स्रोत अन्नपूर्ण पोस्ट ।

Share News