कबड्डी–४ को किर्तिमानी : पहिलो दिनमै कमायो २ करोड ९० लाख रूपैयाँ

<p>काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो [&hellip;]</p>

काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ ।

यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् ।

Share News