शिवाकोटी र आचार्य बने राष्ट्र बैंकको सञ्चालक, दुवै राष्ट्र बैंकका क्याडर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।

राष्ट्र बैंककाे सञ्चालक बन्ने लाइनमा दिलीप ढुंगाना पनि थिए । केही साता अगाडि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । तर,  निर्वाचन सकिएसँगै सरकारले नै यी दुई जनालाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

Share News