नेपाल चेम्बर एक्स्पो आश्विन ७ देखि ११ गतेसम्म हुँदै

<p>काठमाडौं, १ भदौ । काठमाडौं, १ भदौ । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले यहि आश्विन ७ देखि ११ गतेसम्म उक्त कार्यक्रमको शुरु गर्न लागेको छ । नेपाली उत्पादनको बजारिकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष [&hellip;]</p>

काठमाडौं, १ भदौ । काठमाडौं, १ भदौ । नेपाल चेम्बर अफ कमर्शले काठमाडौंको भृकुटी मण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७३’ आयोजना गर्ने भएको छ । वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा चेम्बरले यहि आश्विन ७ देखि ११ गतेसम्म उक्त कार्यक्रमको शुरु गर्न लागेको छ ।

chamber_expo

नेपाली उत्पादनको बजारिकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई नयाँ अवसरहरू प्रसस्त गरी चलायमान आर्थिक वातावरणको विकास गर्नु एक्स्पोको उद्देश्य रहेको छ । कृषि जन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीलाई सहभागी गराई नेपाली औद्योगिक एवं वाणिज्य क्षेत्रमा रहेका प्रचुर सम्भावनाहरूलाई आम जनसमुदाय समक्ष पु¥याउने र आन्तरिक लगानीलाई अभिप्रेरित गर्ने समेत एक्स्पोको उदेश्य रहेको छ ।

हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक, निमार्ण सामग्री, छालाजन्य वस्तु तथा विभित्र नेपाली उत्पादनका सामग्रीका साथै अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइनसेस्, होम डिकोर, मोडुलर किचेन, फेसन वोएर, एसेसरिज, मोबाइल, ग्याजेटस् आदीले एक्स्पोमा सहभागिता जनाउन सक्ने चेम्बरले जनाएको छ ।

चेम्बरका अनुसार यस एक्स्पोमा अवलोकनकर्ताहरूले आफ्ना रुचि अनुसारका उपभोग्य सामग्रीहरू खोज्न सक्ने तथा एकै थलोमा किनमेल गर्न सक्ने छन् । साथै सहभागी संस्थाहरूलाई पनि आम उपभोक्ता समक्ष पु¥याई तिनको रोजाई एवं चाहना सम्बन्धि जानकारी गराउन एक्स्पोले महत्वपूर्ण भुमिका खेल्न सक्ने चेम्बरले जनाएको छ ।

एक्स्पोको यस संस्करणमा जापान पार्टनर कन्ट्री रहेको छ । नेपाल र जापानबीचको कुटनितिक सम्बन्धको ६०औं वार्षिकोत्सव मनाई रहेको सन्दर्भमा, पार्टनर कन्ट्रीको रुपमा जापानको सहभागिताले मेलालाई भव्याता प्रदान गर्नेमा आयोजक विश्वस्त रहेको छ ।

एक्स्पोमा लगभग २७० वटा स्टलहरू रहने छन् जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूका विभित्र उत्पादनहरू प्रदर्शनमा रहने छन् । स्टल बुकिङ्ग खुल्ला गरि सकिएको छ । एक्स्पोको मुख्य प्रायोजक जापानको प्रख्यात कम्पनी माउण्ट फुजी स्प्रिङ्गस् इंक रहेको छ । यसैगरी सिजी मोबाइल तथा हेरिटेज कार्पेटले पनि गोल्ड स्पन्सरमा सहभागिता जनाई सकेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share News