काठमाडौं, ३२ साउन । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ ।

सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा र लाइफ ईन्स्युरेन्स नेपालको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।