पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्डबाट सम्मानित

<p>काठमाडाैं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मानित भएका छन् । नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात जलानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयले नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मान गरेकाे हाे । शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेकाे लर्ड बुद्ध एजुकेशन [&hellip;]</p>

काठमाडाैं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।

नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गरे वापात जलानलाई नेपाल सरकार सञ्चार तथा सूचना मन्त्रालयले नेशनल आइसिटी एक्सीलेन्स अवार्ड २०२२ बाट सम्मान गरेकाे हाे ।

शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेकाे लर्ड बुद्ध एजुकेशन फाउण्डेशन विगत २३ वर्षदेखि नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

एलबीईएफ ग्रुप अफ इन्स्टीच्युट अन्तर्गत लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, पाटन कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज फर प्रोफेशनल स्टडिज, जानकी कलेज, जनकपुर, अक्षर विद्या मन्दिर, जनकपुर र इन्टरनेशनल स्कूल फर स्कील्स पर्दछन् ।

 

Share News