ल्यापटपको ब्याट्री धेरै टिकाउनु छ ? ओपेरा ब्राउजर प्रयोग गर्नुस्

<p>काडमाडौं ३१ साउन। तपाईको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडो ब्याट्री सकिने गरेको छ भने तपाइले एकपटक सोच्नुपर्नेहुन्छ। किन चाँडै व्याट्री सकिइरहेको छ। ल्यापटपको व्याट्री चाँडो सकाउनका लागि तपाईको ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ। विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखा परेका केहि [&hellip;]</p>

काडमाडौं ३१ साउन। तपाईको ल्यापटपमा इन्टरनेट चलाउँदा चाँडो ब्याट्री सकिने गरेको छ भने तपाइले एकपटक सोच्नुपर्नेहुन्छ। किन चाँडै व्याट्री सकिइरहेको छ। ल्यापटपको व्याट्री चाँडो सकाउनका लागि तपाईको ब्राउजर एक प्रमुख कारक रहेको पत्ता लागेको छ।

opera_browser

विश्वकै सबैभन्दा चर्चित इन्टरनेट ब्राउजर बन्न गुगल क्रोमलाई धेरै समय लागेन। इन्टरनेट एक्स्प्लोरर र फाइरफक्स जस्ता टप ब्राउजरमा देखा परेका केहि असुविधाहरूलाई समाधान गरेर क्रोमले तिनीहरूको प्रयोगकर्ताहरूलाई समेत आफूतर्फ तान्न सफल भयो। गुगलको यहि नीतिलाई अहिले ओपेरा ब्राउजरले समेत पछ्याउन सुरु गरेको छ।

कम्पनीले हालै गरेको एक घोषणाका अनुसार, यसको डेस्कटप ब्राउजरको पछिल्लो भर्जनमा नयाँ ‘पावर सेभिङ्ग मोड’ समावेश गरिएको छ, जसले ल्यापटपको चार्जलाई ५०% भन्दा बढिले बचत गर्ने कम्पनीले दाबी गरेको छ। गुगलको क्रोम ब्राउजरलाई छोडेर कुनै अर्को ब्राउजर चलाउन सुरु गर्नु भनेको जुनकुनै प्रयोगकर्ताहरूको लागि मुश्किल हुन जान्छ। नहोस् पनि कसरी? अन्य ब्राउजरहरू भन्दा क्रोम सुपरफास्ट छ।

 हेर्दा पनि सुन्दर छ, त्यसलगायत यसले हाम्रो सबै डाटाहरूलाई एकैठाउँमा सिन्क गरेर राख्दछ। तर यदि कथमकदाचित क्रोमलाई छोडेर ओपेरा तिर लाग्ने एउटा कारण खोज्ने हो भने, ल्यापटपको ब्याट्री ५०% ले भन्दा बढि बचाउने फिचर सायद राम्रो कारण बन्न सक्छ। किनभने क्रोमले प्रयोगकर्ताहरूको ल्यापटपको ब्याट्रीलाई अझसम्म ध्यानमा राखेर नयाँ फिचर थपेको छैन।

Share News