निर्वाचन अघिपछि लगातार ५ दिन सार्वजनिक विदा

<p>काठमाडौं । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ । ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते शनिवार नियमित विदा हुन्छ । जेठ १ गते आइतबार छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार सार्वजनिक विदा [&hellip;]</p>

काठमाडौं । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ ।

३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते शनिवार नियमित विदा हुन्छ ।

जेठ १ गते आइतबार छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

जेठ २ गते बुद्ध जयन्ती छ । बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक विदा हुन्छ । सरकारी पात्रोमा जेठ २ सार्वजनिक विदा नै जनाइएको छ ।

सरकारले बैशाख २९ गते पनि सार्वजनिक विदा घोषणा गर्ने तयारी गरेको छ । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनका अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा पनि रहेको छ ।

मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु बैशाख २८ गतेदेखि बन्द गरिने यसअघि नै सरकारले निर्णय गरेको छ ।

Share News