काठमाडौं, ३१ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २०७३ असार मसान्तसम्ममा ३ करोड ६ लाख नाफा कमाएको छ । ६७ करोड १३ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २५ लाख रुपैंयाँ रहेको छ भने महाविपक्ति कोषमा एक करोड ९४ लाख रुपैंयाँ रहेको छ ।
एसियन लाइफले २ अर्ब बिमा शुल्क संकलन गरेर ४६ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले २ हजार ६ सय ६३ वटा दावी वापत सो मात्रामा भुक्तानी गरेको हो । एसियन लाइफ इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४ रुपैंयाँ ५६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३० रुपैंयाँ रहेको छ ।