काठमाडौं, ३० साउन । कृषि विकास बैंक लिमिटेड र एस क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा कार्य गर्नका लागि कृषि विकास बैंक लि. र एस क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एस क्यापिटलका तर्फबाट धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका प्रबन्धक संचालक पूर्णचन्द्र दाहालले हस्ताक्षर गरे ।
सम्झौता पश्चात कृषि विकास बैंकको हकप्रद शेयर निष्काशन सम्बन्धी कार्य यथाशिघ्र अगाडी बढ्ने जारी वित्रप्तिमा उल्लेख छ । बैंकले १०० रुपैयाँ अंकित दरका १ करोड ९६ लाख ८८ हजार कित्ता बराबरको हकप्रद शेयर जारी गर्दै छ ।