ब्रिटिस प्रोफेशनल कलेजकी रिया बनिन् वर्ल्ड टपर

<p>काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी कलेजले दाबी गरेको छ । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)मा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्। सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि [&hellip;]</p>

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी कलेजले दाबी गरेको छ ।

कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)मा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्।

सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरीका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हाँसिल गरेकी थिइन्। यसपटक सन् २०२२ को मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा रिया कूल १०० मा ९१ अंक प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी कलेजले जनाएको छ ।

एसीसीए कार्यक्रममा विश्वका १७९ देशमा चार लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन्। विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूममा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी कलेजले जनाए ।

Share News