काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले बालकल्याण आधरभूत विद्यालयमाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदीले उक्त शैक्षिक सामग्री वितरण गरेका हुन् ।
डिश होमको उक्त कार्यक्रममा ऐक्यवद्धता जनाउँदै नयन बचत तथा ऋण सहकारी सस्थाले पनि वाटर डिस्पेन्सर ,पानीको जार , डस्टविनलगाएत सामाग्रीहरू विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रिया सेल्स मेनेजर सुवेदीले डिश होमले देशभरि नै विद्यार्थीहरूको उज्वल भविष्यको लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको बताएका छन् ।